सुदूरपश्चिम प्रदेश

बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइतेको अवस्था गम्भीर

बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक प्रहरी विवरणअनुसार ब्रेक फेल भएपछि जीप सडकबाट करिब १०० मिटर तल खसेको थियो।