पर्यटन

नेपालमा भारतीयभन्दा अमेरिकी पर्यटक बढी, पहिलोपटक अमेरिका बन्यो सबैभन्दा ठूलो पर्यटन स्रोत बजार

नेपालमा अक्टोबर महिनामा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या अमेरिकाबाट आएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार १७ हजार ४३७ अमेरिकी पर्यटक नेपाल आएका छन् भने भारतबाट १२ हजार ९७ जना आएका छन्। यससँगै परम्परागत रूपमा नेपालको प्रमुख पर्यटन स्रोत बजार रहँदै आएको भारत दोस्रो स्थानमा झरेको छ।

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

डोल्पाको उच्च हिमाली क्षेत्रमा भारी हिमपातका कारण अलपत्र परेका दुई महिलासहित छ जना भारतीय पर्यटकलाई सोमबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उनीहरूलाई जिल्ला सदरमुकाम दुनै ल्याइएको छ। जिल्ला प्रशासनका अनुसार उद्धार गरिएका सबै पर्यटकको स्वास्थ्य अवस्था सामान्य रहेको छ।