डा. केसीको अनसन : सरकारलाई चिकित्सक संघको ४८ घण्टे अल्टिमेटम
डा. केसीको अनसन : सरकारलाई चिकित्सक संघको ४८ घण्टे अल्टिमेटम

नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसी आमरण अनसनमा बसेको ९ दिन बितिसक्दा पनि सरकारले उनका जायज माग सम्बोधन नगरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले शुक्रबार जारी गरेको विज्ञप्तिमा डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको हुँदा उनको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी उनले उठाएका जायज माग सम्बोधन गर्न संघले सरकारसँग माग गर्दै आएको उल्लेख छ ।
तर, त्यसको सम्बोधन भएकाले शुक्रबार आफूहरूले बृहत् छलफल गरेको संघले जनाएको छ । शुक्रबार नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका पूर्वअध्यक्षहरू, पूर्वमहासचिवहरू, विशेषज्ञ चिकित्सक समाजका चिकित्सक, अस्पताल निर्देशकहरू, आवासीय चिकित्सकहरूलगायत अन्य चिकित्सकहरूसँग बैठक बसी बृहत छलफल भएको जानकारी दिइएको छ ।
