शुभ दीपावली · तिहारको हार्दिक शुभकामना — जानकी टेलिभिजन

बरियारपट्टीमा ‘मोडल पार्लियामेन्ट २०२६’ सम्पन्न, युवालाई संसदीय अभ्यासबारे व्यावहारिक ज्ञान प्रदान

बरियारपट्टीमा ‘मोडल पार्लियामेन्ट २०२६’ सम्पन्न, युवालाई संसदीय अभ्यासबारे व्यावहारिक ज्ञान प्रदान

बरियारपट्टीमा ‘मोडल पार्लियामेन्ट २०२६’ सम्पन्न, युवालाई संसदीय अभ्यासबारे व्यावहारिक ज्ञान प्रदान
पूरा फोटो हेर्नुहोस्

न्याय सेतु समाजको आयोजनामा सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित श्री जनता माध्यमिक विद्यालय, प्राविधिक धारमा दुईदिने ‘मोडल पार्लियामेन्ट २०२६’ कार्यक्रम सम्पन्न भएको छ।

२०८३ साल कात्तिक १९ र २० गते सञ्चालन भएको उक्त कार्यक्रममा युवाहरूलाई संसदीय प्रणाली, लोकतान्त्रिक अभ्यास, नीति निर्माण तथा संसदीय प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रममा सहभागी युवाहरूले संसद्को कार्यप्रणाली, छलफल, बहस तथा निर्णय प्रक्रियाको अभ्यास गरेका थिए। यस्ता कार्यक्रमले युवाहरूमा नेतृत्व क्षमता, तार्किक सोच, अभिव्यक्ति कौशल र लोकतान्त्रिक मूल्यप्रतिको बुझाइ विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

न्याय सेतु समाजले युवाको आवाजलाई न्यायपूर्ण समाज निर्माणसँग जोड्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको हो। संस्थाको मूल नारा ‘Stronger Youth Voice for a Just Society’ रहेको छ।

कार्यक्रमलाई बरियारपट्टी गाउँपालिकाले सहयोग गरेको थियो भने श्री जनता माध्यमिक विद्यालय, प्राविधिक धारले शैक्षिक सहयोग गरेको थियो।

युवाहरूलाई संसदीय अभ्याससँग प्रत्यक्ष जोड्ने यस्ता कार्यक्रमले उनीहरूलाई भविष्यमा जिम्मेवार नागरिक तथा नेतृत्वकर्ताका रूपमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।