कर्णालीविरुद्ध कुशल भुर्तेलको अर्धशतक
कर्णालीविरुद्ध कुशल भुर्तेलको अर्धशतक

पोखराका मार्की कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको पोखराका ब्याटर कुशलले २८ बलमा ५० रन पूरा गरेका हुन् ।
एनपीएलमा कुशलको यो तेस्रो अर्धशतक हो । यसअघि उनले पहिलो सिजनमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
