लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य
लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा जनकपुर बोल्ट्सविरुद्ध १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको हो ।
