शुभ दीपावली · तिहारको हार्दिक शुभकामना — जानकी टेलिभिजन

पोखरा ३० रनले पराजित, चितवन तेस्रो स्थानमा उक्लियो

पोखरा ३० रनले पराजित, चितवन तेस्रो स्थानमा उक्लियो

पोखरा ३० रनले पराजित, चितवन तेस्रो स्थानमा उक्लियो
पूरा फोटो हेर्नुहोस्

 चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ ।

यो जितसँगै चितवन तेस्रो स्थानमा उक्लिएको छ । पाँच अंक बनाएको चितवनले चार खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा सबै विकेट गुमाएर १२१ रन मात्र बनाउनसक्यो ।

पोखरालाई सस्तैमा समेट्न रिजन ढकालले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा २४ रन खर्चिए । कमलसिंह ऐरीले तीन विकेट लिए । त्यसैगरी, डान मुस्ले, मौसम ढकाल र कुशल मल्लले समान एक विकेट लिए ।