लुम्बिनी विकास कोष सदस्यसचिवमा सन्तोष पाण्डे नियुक्त

लुम्बिनी विकास कोष सदस्यसचिवमा सन्तोष पाण्डे नियुक्त

लुम्बिनी विकास कोष सदस्यसचिवमा सन्तोष पाण्डे नियुक्त
पूरा फोटो हेर्नुहोस्

 सरकारले इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्त गरेको छ ।

सरकारले लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापन थप प्रभावकारी बनाउने उद्देश्य सहित पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका इन्जिनियर हुन् । उनले सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवनसंहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्यांकन क्षेत्रमा काम गर्दै आएका छन् ।

पाण्डेले काठमाडौं महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । त्यसअघि उनले रुपन्देही तिलोत्तमा नगरपालिकामा सन् २०२० देखि २०२२ सम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए ।