म कमजोर धरातलमा उभिएको छैन : गगन थापा

म कमजोर धरातलमा उभिएको छैन : गगन थापा

म कमजोर धरातलमा उभिएको छैन : गगन थापा
पूरा फोटो हेर्नुहोस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नैतिक धरातल कमजोर नभएको प्रष्टीकरण दिएका छन्। बिहीबार एक भिडियो सन्देश जारी गर्दै थापाले पार्टीको आधिकारिकताको विषयलाई लिएर आफूलाई विवादमा मुछिएको भन्दै खण्डन गरेका हुन्।

बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफूलाई बदनाम गर्न खोजिएको उनको भनाइ छ । ‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन,’ उनले भनेका छन्, ‘मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन । मेरो हात सधैँ सफा छन् । यति नभएको भए लड्ने आँट आउँथ्यो ?’