शुभ दीपावली · तिहारको हार्दिक शुभकामना — जानकी टेलिभिजन

पार्टी पैसाको प्रभावमा होइन, विधि र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ : देउवा

पार्टी पैसाको प्रभावमा होइन, विधि र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ : देउवा

पार्टी पैसाको प्रभावमा होइन, विधि र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ : देउवा
पूरा फोटो हेर्नुहोस्

पाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन् । उनले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टीको आधिकारिकता पैसाको प्रभावमा टुंग्याइएको जिकिर गरेका हुन् ।

शनिबार (कात्तिक २१) काठमाडौंमा कांग्रेस संस्थापनइतर समूहको जिल्ला अधिवेशनमा उनले निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्कोको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गरे ।

उनले निर्वाचन आयोगमा भएको निर्णय प्रक्रियालाई अस्वाभाविक भन्दै आर्थिक चलखेलमार्फत पार्टीको आधिकारिकता प्रभावित पारिएको आरोप लगाए । उनले पैसाको बलमा पार्टी नै किन्ने प्रयास भएको टिप्पणी गरे ।

देउवाले पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने बताए । “पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन्,” उनले भने, “यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ । पार्टी पैसाको प्रभावमा होइन, विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ ।”

उनले आफूले अब पार्टी र देशका निम्ति योगदान गर्ने समय आएको बताए । “मैले जीवनमा धेरै कुरा पाइसकेको छु, अब मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, बरु पार्टी र देशका लागि योगदान दिनु छ,” उनले भने, “यो पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी हामी सबैको हो ।”

देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट न्याय पाउने विश्वास समेत व्यक्त गरे । “मलाई विश्वास छ, यसपटक हामीले रुख चुनाव चिह्न लिएर अघि बढ्ने अवसर पाउनेछौँ,” उनले भने, “अदालतबाट न्यायपूर्ण निर्णय आउनेछ भन्ने विश्वासका साथ हामी दृढतापूर्वक अघि बढ्छौँ ।”