रुकुम पश्चिममा जीप दुर्घटना : दुईजनाको मृत्यु, १३ घाइते
रुकुम पश्चिममा जीप दुर्घटना : दुईजनाको मृत्यु, १३ घाइते

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका–५, नयाँडाँडामा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ बस्ने १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापा छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
सोमबार (कात्तिक २३) मध्याह्न १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ जाँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको थियो । जीप आठबीसकोट नगरपालिका–४ बस्ने २५ वर्षीय प्रदीप विकले चलाएका थिए ।
