सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता

सभामुख डोलप्रसाद (डिपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपालले पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थालाई सशक्त बनाउने प्रयास गरिरहेको बताए ।
सन् २०२६ को अगस्टमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि स्विट्जरल्यान्डका राष्ट्रपति गाई पार्मेलिन, राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पेज तथा स्वीस सङ्घीय परराष्ट्र विभागबाट नेपाल सरकार र नेपाली जनताप्रति व्यक्त गरिएको समवेदना सन्देशका लागि सभामुख अर्यालले आभार व्यक्त गरे ।
उनले विपद्का बेला स्विट्जरल्यान्डले प्रदान गरेको ऐक्यबद्धता, मानवीय सहायता, कन्सुलर सहयोग तथा खोज तथा उद्धारसम्बन्धी सहयोगको उच्च प्रशंसा गरे ।
