ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिस्रीबिच भेटवार्ता
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिस्रीबिच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबिच भेटवार्ता भएको छ।
भेटमा नेपाल–भारत ऊर्जा सहकार्य, विद्युत् व्यापार र जलविद्युत् आयोजना विकासका विषयमा महत्त्वपूर्ण छलफल भएको छ।
भेटका क्रममा ऊर्जामन्त्री श्रेष्ठले नेपालबाट भारततर्फ हुँदै आएको विद्युत् निर्यातको सीमा थप विस्तार गर्न भारतीय पक्षसँग आग्रह गरेको छ। मन्त्री श्रेष्ठका अनुसार बाढी तथा विपद् व्यवस्थापनमा सहयोग पुग्ने गरी मौसमसम्बन्धी सूचना तथा तथ्याङ्क आदानप्रदानमा दुई देशबिचको सहकार्य बढाउने विषयमा पनि नेपालले प्रस्ताव राखेको छ।
त्यस्तै, छलफलमा नेपालमा निर्माणाधीन र अघि बढाउन लागिएका ठुला जलविद्युत् तथा बहुउद्देश्यीय आयोजनाहरूको प्रगतिका विषयमा समीक्षा भएको थियो।
