सार्वजनिक शान्तिविरुद्धको कसुरमा रास्वपा वडा सभापति पक्राउ

सार्वजनिक शान्तिविरुद्धको कसुरमा रास्वपा वडा सभापति पक्राउ

सार्वजनिक शान्तिविरुद्धको कसुरमा रास्वपा वडा सभापति पक्राउ
पूरा फोटो हेर्नुहोस्

 सिरहाको गोलबजारमा दुई समुदायबीच भएको घटनासँग सम्बन्धित सार्वजनिक शान्तिविरुद्धको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोलबजार नगरपालिका–११ का वडा सभापति दानिश खान पक्राउ परेका छन् ।

गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा खानको समेत मुख्य भूमिका रहेको आरोप लगाउँदै दुई महिनाअघि उनीविरुद्ध जाहेरी परेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार खानलाई गोलबजार क्षेत्रबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका खानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिए ।

हिजो राति मात्र सोही मुदामा प्रहरीले वडा–११ का अध्यक्ष सोहेव अनवरलाई पनि पक्राउ गरेको थियो ।