बुढानीलकण्ठमा बालेन्द्र–रविबिच तीन विषयमा छलफल
बुढानीलकण्ठमा बालेन्द्र–रविबिच तीन विषयमा छलफल

प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछानेबिच आज बुढानीलकण्ठमा लामो छलफल भएको छ । रवि निवास बुढानीलकण्ठमा करिब पाँच घण्टाभन्दा बढी चलेको छलफलमा सरकारले ल्याउने भनिएको अध्यादेश, सांसद खगेन्द्र सुनारको पछिल्लो विवादित अडियो प्रकरण र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सम्बन्धी विषयले प्राथमिकता पाएको स्रोतले जनाएको छ ।
छलफलमा सरकारले ल्याउने भनिएको अध्यादेशका विषयमा पहिलो प्राथमिकताका साथ कुराकानी भएको स्रोतको दाबी छ । त्यस्तै, खगेन्द्र सुनारको पछिल्लो विवादलाई गम्भीर रूपमा लिँदै त्यस विषयमा कानुनी वा अन्य कदम चाल्नेबारे पनि परामर्श भएको स्रोतको भनाइ छ ।
