चितवन राइनोजविरुद्ध राशिदको अर्धशतक
चितवन राइनोजविरुद्ध राशिदको अर्धशतक

काठमाण्डू गोर्खाजका ब्याटर राशिद खानले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको काठमाण्डूका राशिदले २८ बलमा ५० रन पूरा गरेका हुन् ।
तीनै सिजन काठमाण्डूबाटै खेलिरहेका उनले अर्धशतक प्रहार गर्ने क्रममा दुई चौका र चार छक्का प्रहार गरे । उनले चौथो विकेटको निम्ति सेहन अरचिगेसँग ५३ रनको अर्धशतकीय साझेदारी गरे ।
एनपीएलमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले नोभेम्बर २ मा सम्पन्न कर्णालीविरुद्धको खेलमा सिजनको पहिलो अर्धशतक प्रहार गरेका थिए ।
