इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ
इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ

अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासहरूमा खासै प्रगति हुन नसकेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार बताएका छन् ।
उनले इरानका मागहरू ‘अस्वीकार्य’ रहेको बताउँदै भने, ‘अहिलेसम्म यो खासै उत्पादक हुन सकेको छैन किनकि इरानका मागहरू मात्र अस्वीकार्य होइनन्, केही अवस्थामा त साँच्चै नै अव्यवहारिक छन् ।’
फ्रान्समा हुने जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन जानुभन्दा पहिले रूबियोले भने, ‘म भन्न सक्दिन, हामी कुनै सफलताको नजिक छौँ ।’
ट्रम्प प्रशासनले द्वन्द्वको कूटनीतिक समाधानलाई प्राथमिकता दिएको कुरा उनले दोहोर्याए ।
