कांग्रेसले मंसिरभर ‘कांग्रेस तयार छ’ अभियान चलाउने
कांग्रेसले मंसिरभर ‘कांग्रेस तयार छ’ अभियान चलाउने

नेपाली कांग्रेसले हालै सम्पन्न पार्टीको १५औँ महाधिवेशनको सन्देश जनतासम्म पुर्याउन तथा पार्टी संगठन सुदृढ गर्न मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
थापाको भनाइ :
हामीले महाधिवेशनबाट पारित गरेका कुराहरूलाई मंसिर महिनाको एक महिनाको समयमा दस्तावेजीकरण गर्ने कुरा त भइहाल्यो । यसलाई समुदायसम्म पुर्याउनको लागि ‘कांग्रेस तयार छ’ भनेर अभियान चलाउनुपर्ने छ । हामी नेपालका आजका समस्याहरू समाधान गर्नको लागि तयार छौँ, हामी यो महाधिवेशनबाट सबै कुराको तयारी गरेर आएका छौँ । हामीले विगतको समीक्षा गर्यौँ, कतिपय कुराहरूमा आलोचना पनि गर्यौँ । त्यो सबै चरणहरू अब सकिएको छ । अब हामीले अगाडि बढ्ने हो ।
आजको जिम्मेवारी उठाउन तयारी छौँ, हामी प्रतिपक्षीको जिम्मेवारी उठाउन तयार छौँ । हामी स्थानीय तहको जिम्मेवारी समेत ठिक ढंगले वहन गर्न तयार छौँ । यो हामीले उठाएको जिम्मेवारी आम नागरिकका बीचमा लिएर जानुपर्छ । त्यसकारण मंसिर महिनाभरि हामी तयार छौँ भन्ने विशेष अभियान सञ्चालन गर्छौं । अभियानका बाँकी रहेका कामहरू पार्टी कार्यालयले पछि तयार गर्छ ।
अर्को कुरा, अब लगत्तै तिहार, छठ आउँदै छ । हामी अहिले विशेष अवस्थामा छौँ । यत्रो ठूलो विपद् गएको छ । हामीले कोषमा भएको पैसा समेत सदुपयोग गर्नुपर्नेछ । यहाँ हामीले सम्मान गर्यौँ, जिम्मेवारी लियौँ । अब यहाँबाट गएर टोलमा सम्मान, वडामा सम्मान लिने काम बन्द गरौँ । अनि पार्टीको कुनै पनि कमिटीले शुभकामना आदानप्रदानको कार्यक्र आयोजना गर्छ भने त्यो कार्यक्रम समुदायसँग जोडिनुपर्छ ।
