कर्णालीविरुद्ध ८७ रन बनाएर आउट भए लोकेश
कर्णालीविरुद्ध ८७ रन बनाएर आउट भए लोकेश

विराटनगर किंग्सका ओपनर लोकेश बम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो शतक प्रहार गर्न १३ रनले चुकेका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरका ओपनर लोकेशले कर्णालीविरुद्ध ८७ रन बनाएर पभेलियन फर्किएका हुन् ।
यसक्रममा उनले ५२ बलमा तीन चौका र नौ छक्का प्रहार गरेका थिए ।
