सुदूरपश्चिमको दोस्रो जित, चितवन पाँच विकेटले पराजित

सुदूरपश्चिमको दोस्रो जित, चितवन पाँच विकेटले पराजित

सुदूरपश्चिमको दोस्रो जित, चितवन पाँच विकेटले पराजित
पूरा फोटो हेर्नुहोस्

 चितवन राइनोजलाई पाँच विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । 

सोमबार त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले चितवनले प्रस्तुत गरेको १३० रनको लक्ष्य १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले सर्वाधिक ४३ रन बनाए । ब्रान्डनले २१ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । इशान पाण्डेले २५ रन बनाए । अविजित रहेका शेरफन रदरफोर्डले २१, आरिफ शेखले २० र विनोद भण्डारीले ११ बनाएका थिए ।