पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य
पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनायो ।
पोखराका लागि चमिका करुणारत्ने २५ रन बनाए । कप्तान कुशल भुर्तेलले १४ रन जोडे । माहेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए ।
पोखराका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए । तिलक भण्डारीले दुई तथा शेर मल्ल, अभिशेष गौतम र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।
