शुभ दीपावली · तिहारको हार्दिक शुभकामना — जानकी टेलिभिजन

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान
पूरा फोटो हेर्नुहोस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा सहभागी हुन टर्कीए तर्फ प्रस्थान गरेका छन् ।

शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख ‘एजेण्डा’लाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

टर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल सम्मेलनस्थल पुगिसकेका छन् ।