लोकेशको अर्धशतकप्रेरित विराटनगरले दियो कर्णालीलाई १८७ रनको लक्ष्य
लोकेशको अर्धशतकप्रेरित विराटनगरले दियो कर्णालीलाई १८७ रनको लक्ष्य

ओपनर लोकेश बमको अर्धशतकप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सविरुद्ध १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरले कर्णालीविरुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रनको योगफल खडा गरेको हो ।
त्यसैगरी, एञ्जेलो म्याथ्युजले ३१ रन बनाए । आन्द्रे रसेलले २७, बसिर अहमदले १३ र शेहन जयसुर्याले ११ रन जोडे ।
कर्णालीका लागि सोमपाल कामीले चार विकेट लिए । चार ओभर बलिङ गर्दा उनले ३३ रन खर्चिए ।
मार्क वाट र नन्दन यादवले समान एक विकेट लिए ।
