सुदूरपश्चिमविरुद्ध चितवनले प्रस्तुत गर्यो १३० रनको लक्ष्य
सुदूरपश्चिमविरुद्ध चितवनले प्रस्तुत गर्यो १३० रनको लक्ष्य

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको चितवनले सुदूरपश्चिमविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल खडा गर्यो ।
चितवनको लागि कप्तान रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । रविले पावर प्लेमै दुई ब्याटर गुमाएर कमजोर सुरुआत गरेको चितवनको मध्यक्रम सम्हाल्न प्रयास गरेका थिए । पावर प्लेमा ओपनर देव खनाल सात र अर्जुन साउद १५ रन बनाएर पभेलियन फर्किएका थिए ।
४० बलमा तीन चौका र दुई छक्का प्रहार गरेका उनी अर्धशतक प्रहार गर्न एक रनले चुके । बोपारालाई सुदूरपश्चिमका स्कट कुगेलेइनले ४९ रनमा क्याच दीपेन्द्रसिंह ऐरीबाट क्याच गराएका हुन् । कुगेलेइनविरुद्ध छक्काको प्रयास गर्दा उनी क्याच हुन पुगेका थिए ।
पहिलो खेलमा अर्धशतक प्रहार गर्दै टोलीको निम्ति जितको आधार तयार गरेका ओपनर डेविड मलानले उक्त प्रर्दशन दोहोर्याउन सकेनन् । मलानले बाउण्ड्री प्रहार गर्न मैदानमा संघर्ष गर्नुपर्यो ।
उनले १७ बलमा एक चौका प्रहार गर्दै १६ रन मात्र जोड्न सके । खेलमा रबिसँग ३५ रनको साझेदारी गर्दै इनिङ थाम्न प्रयास गरे पनि उनी ऐरीको बलमा क्याच हुनपुगे ।
विवेक यादवले १५ रन बनाए भने शिकन्दर राजाले १५ रन बनाए ।
