शुभ छठ · छठ पर्वको हार्दिक शुभकामना — जानकी टेलिभिजन

परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रका महासचिव गुटेरेसबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रका महासचिव गुटेरेसबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रका महासचिव गुटेरेसबीच भेटवार्ता
पूरा फोटो हेर्नुहोस्

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्ताल्यामा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोसी बाढीपछि नेपालप्रति समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकामा महासचिव गुटेरेसप्रति हार्दिक आभार व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिवले पुर्‍याएको योगदानको प्रशंसासमेत गरे।

सो अवसरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रमध्ये नेपालले विश्व शान्ति र स्थायित्वमा पुर्‍याउँदै आएको महत्त्वपूर्ण योगदानको सराहना गरे।

भेटमा नेपालको पुनर्स्थापना तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यलगायतका विषयमा विचार आदानप्रदान भएको थियो।

त्यसैगरी, क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयमा छलफल गर्दै जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ।