राज्य संयन्त्र दुरुपयोग गरेर अनुसन्धान प्रभावित पारिएको कांग्रेसको आरोप

राज्य संयन्त्र दुरुपयोग गरेर अनुसन्धान प्रभावित पारिएको कांग्रेसको आरोप

राज्य संयन्त्र दुरुपयोग गरेर अनुसन्धान प्रभावित पारिएको कांग्रेसको आरोप
पूरा फोटो हेर्नुहोस्

कांग्रेस महामन्त्री प्रदीप पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयसम्बद्ध व्यक्तिले अनुसन्धानमा हिरासतमा रहेका व्यक्ति र प्रमाणमा अनधिकृत नियन्त्रण गरी छेडखानी गरेका विषय बाहिर आएका छन् । प्रहरी महानिरीक्षक हटाउनु यसकै पछिल्लो एउटा कडी हो ।”

कांग्रेसले राज्यका स्वतन्त्र रूपमा काम गर्नुपर्ने निकायलाई शासकको स्वार्थअनुसार परिचालन गर्ने प्रवृत्तिले लोकतान्त्रिक व्यवस्था र संविधानप्रदत्त नागरिक अधिकारमाथि गम्भीर चुनौती खडा गरेको जनाएको छ ।

उसले छनोटपूर्ण र निर्देशनात्मक अनुसन्धान आफ्ना गल्ती ढाकछोप गर्ने, प्रश्न उठाउनेलाई तर्साउने तथा प्रतिपक्षलाई कमजोर बनाउने उद्देश्यबाट भइरहेको ठहर गरेको छ ।

कांग्रेसले इनम सापकोटा प्रकरणलगायत राज्य संयन्त्रको दुरुपयोग गरी भएका भनिएका सबै अनधिकृत तथा गैरकानुनी गतिविधिमाथि स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ ।