रसेल चम्कँदा विराटनगरले सुदूरपश्चिमलाई हरायो

रसेल चम्कँदा विराटनगरले सुदूरपश्चिमलाई हरायो

रसेल चम्कँदा विराटनगरले सुदूरपश्चिमलाई हरायो
पूरा फोटो हेर्नुहोस्

 विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ । योसँगै विराटनगरले तेस्रो सिजनमा पहिलो जित निकालेको छ । 

शनिबार (कात्तिक १४) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगरले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो । वर्षाका कारण खेल पाँच ओभरमा छोट्ट्याइएको थियो ।