रास्वपा सचिवालय बैठक : यी हुन् चार निर्णय

रास्वपा सचिवालय बैठक : यी हुन् चार निर्णय

रास्वपा सचिवालय बैठक : यी हुन् चार निर्णय
पूरा फोटो हेर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकबाट शनिबार (कात्तिक १४) विभिन्न निर्णय गरिएको छ । स्वयम्भूस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकका चार निर्णय सार्वजनिक गरिएको छ ।

बैठकको पहिलो नम्बरको निर्णय शुक्रबार (कात्तिक १३) गरिएको पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेशका विषयमा छ । पार्टीले लोकतान्त्रिक प्रणाली, बहुलवाद, संविधानप्रदत्त नागरिक अधिकार र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कहिल्यै सम्झौता नगर्ने निर्णयमा उल्लेख छ ।

“बलियो र जवाफदेही लोकतन्त्रको आधारस्तम्भ मानिने सञ्चार क्षेत्रमा २०८३ कार्तिक १३ गते प्रहरी प्रशासनमार्फत भएको भनिएका केही गतिविधिहरू संविधान र दलको मूल आदर्शविपरीत छ,” निर्णयमा भनिएको छ, “गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको अविलम्ब पहिचान र छानबिन गरी कडा कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई निर्देशन दिन्छ ।”

कतिपय न्यायाधीश नै मुछिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाले न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि गम्भीर प्रश्न खडा गरेका अर्को निर्णयमा उल्लेख छ ।

“यसले न्यायालयको शुद्धीकरण र जवाफदेहिताका पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको एजेन्डालाई थप पुष्टि गरेको छ,” निर्णयमा भनिएको छ, “न्यायालयभित्रका यी विकृतिलाई विधिसम्मत तवरले निरूपण गर्न संसदबाटै निर्णायक कदम चाल्न र यस विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउन संसदीय दललाई निर्देशित गरिन्छ ।”

रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल यही कात्तिक अन्तिम साता चीन भ्रमणमा जानेलगायत निर्णय पनि गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

रास्वपा सचिवालय बैठक : यी हुन् चार निर्णय