सर्वोच्चमा सिफारिस भएका ४ न्यायाधीशविरुद्ध ९ वटा उजुरी
सर्वोच्चमा सिफारिस भएका ४ न्यायाधीशविरुद्ध ९ वटा उजुरी

सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् ।
सोमवार बसेको समितिको बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्रस्तावित न्यायाधीशहरूको सुनुवाईका लागि हाल उजुरी संकलन गर्ने प्रक्रिया जारी रहेको छ ।
प्राप्त उजुरीमध्ये सबै जना प्रश्तावित न्यायाधीशविरुद्ध दुई–दुईवटा, दुई जना जनाविरुद्ध तीन/तीन वटा र एक जनाविरुद्ध एक वटा उजुरी परेको जानकारी दिए । सभापति श्रेष्ठले गोप्य नरहेका उजुरीहरूको अध्ययन प्रक्रिया अघि बढाइने जानकारी दिए ।
‘यो न्यायधीशको सुनुवाइको प्रक्रिया अगाडि बढिरहेको छ, उजुरीको प्रक्रिया अगाडि बढिरहेको छ, हाल उजुरीहरू कलेक्सन भइरहेका छन् । अहिलेसम्म टोटलमा हाम्रो ९ वटा उजुरीहरू प्राप्त भएको छ । यो सबैजनाको लागि २ वटा उजुरी, अनि १ जनाको लागि ३ वटा, अनि १ जनाको लागि १ वटा, फेरि अर्को १ जनाको लागि ३ वटा उजुरी आएको कुरा पनि तपाईंलाई जानकारी गराऊँ,’ उनले भने ।
