आशा गरिएका सुदूरपश्चिमका ब्याटर फर्किए पभेलियन

आशा गरिएका सुदूरपश्चिमका ब्याटर फर्किए पभेलियन

आशा गरिएका सुदूरपश्चिमका ब्याटर फर्किए पभेलियन
पूरा फोटो हेर्नुहोस्

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सको ब्याटिङ धराशायी बनेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले लुम्बिनीविरुद्ध १० ओभरमै सात विकेट गुमाएको छ । आशा गरिएका ब्याटहरूले कमजोर प्रर्दशन गरेका छन् ।

नवौँ ओभरको समाप्तीमा ओपनर सैफ जैबले १३ रन बनाए । अर्का ओपनर विनोद भण्डारीले नौ रन जोडे । इशान पाण्डेले सात, ब्रान्डन म्याकमुलेनले दुई, शेरफन रथरफोर्डले एक बनाए भने आरिफ शेख र स्कट कुगेलेइन ‘डक’ आउट भए हुन् ।

हल क्रिजमा रहेका कप्तान दीपेन्द्रसिंह ऐरीले १८ र अनिल खरेल शून्य रनमा खेलिरहेका छन् ।

लुम्बिनीका लागि शेर मल्ले तीन विकेट लिए । त्यसैगरी, किशोर महतोले दुई विकेट लिँदा तिलक भण्डारी र शाड्ली भान शाल्विकले समान एक विकेट लिएका छन् ।