लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा गर्यो अलआउट
लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा गर्यो अलआउट

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।
तेस्रो संस्करणअन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिमले १७.२ ओभरमा मात्र ८७ रन जोड्न सक्यो ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोरी महतोले चार, शेर मल्लले तीन, शाड्ली भानले एक, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक विकेट लिए ।
सुदूरपश्चिमलाई सस्तोमा समेट्न लुम्बिनी लायन्सका शेर मल्ल र किशोर महतोले उत्कृष्ट प्रदर्शन गरे ।
