सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत
पूरा फोटो हेर्नुहोस्

 साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको हो । लुम्बिनीले एनपीएलको इतिहासमा लिग चरणमा सुदूरपश्चिमविरुद्ध पहिलो पटक जित निकालेको हो । यसअघि दुई संस्करण खेल्दा टोलीले सुदूरपश्चिमलाई लिग चरणमा हराउन सकेको थिएन । 

लुम्बिनीले जित निकाल्ने क्रममा सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य ९.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले १७.२ ओभरमा ८७ बनाउँदै अलआउट भयो ।  

खेलमा सुदूरपश्चिमका मुख्य आशा गरिएका खेलाडीले सन्तोषजनक प्रर्दशन गर्न सकेनन् । सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे । जुन व्यक्तिगत रूपमा ब्याटरले बनाएको सर्वाधिक रन बन्यो ।