शुभ दीपावली · तिहारको हार्दिक शुभकामना — जानकी टेलिभिजन

रविको शुभकामना– शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार होस्

रविको शुभकामना– शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार होस्

टेकअफ गर्ने क्रममा समस्या आएपछि श्री एयरलाइन्सका दुई जहाज फर्किए
पूरा फोटो हेर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा सबैलाई शुभकामना दिँदैसभापति लामिछानेले विविधताबीचको राष्ट्रिय एकतालाई हाम्रो पहिचान र संस्कृतिसँग जोडिएका महत्वपूर्ण चाडपर्वहरूले अझ बलियो र सुमधुर बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका हुन् ।

उनले ‘उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्’ भन्ने कामना पनि गरेका छन् ।