शुभ दीपावली · तिहारको हार्दिक शुभकामना — जानकी टेलिभिजन

इरानसँगको युद्ध लगभग समाप्त भयो : ट्रम्प

इरानसँगको युद्ध लगभग समाप्त भयो : ट्रम्प

इरानसँगको युद्ध लगभग समाप्त भयो : ट्रम्प
पूरा फोटो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध लगभग समाप्त भइसकेको बताएका छन्।

सोमबार उनले हालका लागि अमेरिकाले यथास्थिति कायमै राख्ने तर परिस्थितिमा कुनै बदलाव आए अमेरिकी सेना तयार रहेको बताए।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानीका क्रममा ट्रम्पले सैन्य दृष्टिले इरानको मामिला लगभग टुङ्गिसकेको र इरानको नेतृत्व समाप्त पारिएको दाबी गरे।

यद्यपि, अमेरिकाले इरानको परमाणु कार्यक्रम लामो समयका लागि पछि धकेलियोस् भन्ने कुरा अझै सुनिश्चित गर्न चाहेको उनले बताए।