लेखकका समाचार

जानकी टेलिभिजन

न्यायाधीशमाथि लागेको आरोप छानबिन गर्न सर्वोच्चको आग्रह, अब संसद्को भूमिकामाथि चासो

सर्वोच्च अदालतका केही न्यायाधीश र कथित बिचौलिया इनाम सापकोटाबीच सम्पर्क तथा भेटघाट भएको भन्ने सार्वजनिक विवरणपछि अदालतले निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। सोमबार बसेको पूर्ण बैठकले आफ्नै न्यायाधीश संलग्न विवादमा आन्तरिक छानबिन समिति गठन नगर्ने निर्णय गर्दै अनुसन्धानको जिम्मेवारी संवैधानिक तथा कानुनी अधिकारप्राप्त निकायले लिनुपर्ने बताएको छ।

सोलुखुम्बुमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किए, भारतीय पर्यटकको मृत्यु

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा अवतरण गर्ने क्रममा फिस्टेल एयर र एयर डाइनेस्टीका दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ। दुर्घटनामा भारतीय मूलका एक न्यूजिल्यान्ड नागरिक र दुवै हेलिकप्टरका पाइलट घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

डोल्पाको उच्च हिमाली क्षेत्रमा भारी हिमपातका कारण अलपत्र परेका दुई महिलासहित छ जना भारतीय पर्यटकलाई सोमबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उनीहरूलाई जिल्ला सदरमुकाम दुनै ल्याइएको छ। जिल्ला प्रशासनका अनुसार उद्धार गरिएका सबै पर्यटकको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठ कैदी अझै फरार, सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न

डोल्पा जिल्ला कारागारबाट करिब चार मिटर लामो सुरुङ खनेर आठ जना कैदी तथा थुनुवा फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। घटनाको दुई दिन बितिसक्दा पनि उनीहरू पक्राउ पर्न सकेका छैनन्। सुरक्षामा भएको सम्भावित कमजोरीबारे छानबिन सुरु गरिएको छ।